add

बत्तिसपुतलीमा पौडेललगायतका नेताहरुको छलफल चल्दै, को-को छन् सहभागी ?

Swoniga Online – Rosni | २०७८ आषाढ २४, बिहिबार वर्गीकृत राजनीति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन्।

महामन्त्री शशांक कोइरालाका स्वकीय सचिव भारत तिवारीका अनुसार अहिले काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत र अर्जुननरसिंह केसी लगायतले छलफल गरिरहेका छन् ।

काँग्रेसको महाधिवेशन सुरु हुने समय आएसँगै अहिले नेताहरुको दौडधुप चलिरहेको छ । त्यस्तै क्रियाशील सदस्यसम्बन्धि विवाद उत्पन्न भएपछि नेताहरु आन्तरिक छलफलमा जुटिरहेका छन् ।

काँग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौँमा हुने भएको छ ।