add

देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

Swoniga Online – Rosni | २०७८ श्रावण ४, सोमबार वर्गीकृत राजनीति

काठमाडौं । एमालेले पार्टी निर्देशनविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । 

सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए । 

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए । बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित छैनन् ।