add

शुक्रबारदेखि टेकुमा ४८ घण्टाभित्र विदेश जानेहरुको मात्र खोप कार्ड प्रमाणीकरण हुने

Swoniga Online – Rosni | २०७८ श्रावण ७, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शुक्रबारदेखि ४८ घण्टाभित्र देश जानुपर्ने व्यक्तिको मात्र खोप कार्ड प्रमाणीकरण गर्ने जनाएको छ।

कोरोना संक्रमतिको उपचार भइरहेको शुक्रराज अस्पतालमा खोपकार्ड प्रमाणीकरण गर्ने व्यक्तिहरुको भिड अत्याधिक भएपछि अस्पतालले शुक्रबार देखि ४८ घण्टाभित्रमा विदेश जानुपर्ने व्यक्तिको मात्र खोपकार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो।

अस्पतालका निर्देशक डा अनुप बास्तोलाले कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालमा खोप कार्ड लिनेको भिडभाड अत्याधिक भएपछि यस्तो निर्णय गरिएको जानकारी दिए। उनले खोप कार्ड प्रमाणीकरण गर्नेको भिडका कारण अस्पतालको अन्य सेवा समेत प्रभावित भएको जानकारी दिए।