पद पुनर्बहालीको माग गर्दै पूर्व माओवादीका ४ नेताले दायर गरे रिट,भोलिको लागि पेसी तोकियो
Swoniga Online – Rosni | २०७८ श्रावण १३, बुधबार वर्गीकृत राजनीति
काठमाडौं । पद पुनर्बहालीको मागसहित पूर्व माओवादीका ५ नेताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
बुधवार (आज) पूर्व मन्त्री समेत रहेका माओवादी नेताहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरिशंकर चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
गत फागुन २३ गते सर्वोच्चको फैसला पछि तत्कालिन नेकपा विभाजन भइ एमाले माओवादीमा फर्किएको थियो । तर पूर्व माओवादीका उनीहरुसहित ८ जना नेताहरु भने एमालेमा नै बसेका थिए ।
पार्टीले सोधेको स्पष्टीकरण नदिएपछि उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गरेको थियो ।
आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय ऐन नियम विपरित भएको भन्दै पद पुनर्बहालीको मागसहित रिट दर्ता गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।भोलिको लागि पेसी तोकिएको छ ।


