add

पचली भैरवमा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यबात पाटीको शिलान्यास

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ श्रावण २२, शुक्रबार वर्गीकृत राष्ट्रिय

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाटीको शिलान्यास गर्नुभएको हो । पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास भएको छ ।

८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको फल्चाको पुनर्निर्माणको जिम्मा नमोवुद्ध विल्डर्सले पाएको छ ।

शिलान्यास पछि बोल्दै प्रमुख शाक्यले आफुहरुले पुननिर्माण गरेका सम्पदा पुनर्निर्माण पछि सम्वन्धित समुदायलाई नै सञ्चालन र व्यवस्थापनका लागि जिम्मा लगाउने बताउनुभयो ।

‘पचली भैरव संरक्षणका लागि बनाएको गुरुयोजनामा सबैको अपनत्व गराउन यस क्षेत्रसँग सम्बन्धित गुठियार र सरोकारवालासँग छलफल गर्दा कार्यान्वयनमा केही ढिलाइ भयो, आज फल्चा शिलान्यास गरेपछि गुरुयोजना कार्यान्वयन चरणमा पुगेको अनुभूति भएको छ’ शाक्यले भन्नुभयो।