add

ग्वफः टोलमा त्वाः छेँ शिलान्यास

Swoniga Online – स्वनिगः संवाददात | २०७८ भाद्र १७, बिहिबार वर्गीकृत स्थानीय-समाज

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २१ ग्वफः टोलमा त्वाः छेँ (भवन) को शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यसको शिलान्यास गर्नुभयो । 

पैसा नभएर कुनै पनि परम्परागत सस्कार बन्द हुन दिँदैनौँ । समुदायले बचाइ राखेको संस्कारलाई पुस्तान्तरण गर्न हामीले राज्यकोतर्फबाट लागत सहभागिता बढाएका छौँ ।

शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भन्नुभयो, ‘सांस्कृतिक भौतिक संरचनालाई यथावत राख्ने, जीर्णलाई मर्मत सम्भार वा पुननिर्माण गर्ने र संस्कार जोगाउने समुदायलाई यसप्रतिको आकर्षणमा प्रोत्साहन गर्ने काम गरिरहेका छौँ ।

भौतिक संरचना बनाएर हामी समुदायलाई हस्तान्तरण गर्छौँ । यसको संरक्षण र उपयोग समुदायबाट हुन्छ ।’ 

त्यस क्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, वडा २१ सांस्कृतिक वडा भएकोले भौतिक अभौतिक सम्पदाका योजनालाई प्राथमिकतामा राखेको बताउनुभयो । 

यसको लागत ५८ लाख ५० हजार रुपैयाँ हो।