भक्तपुरका निवा शाक्यहरुको ४सय बर्षअघिको इतिहास सम्बन्धी लेखेको पुस्तक विमोचन

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ भाद्र २७, आइतबार वर्गीकृत स्थानीय-समाज

भक्तपुर दरवार क्षेत्रमा रहेको सुनकोे ढोका (लुंःध्वाका) बनाउने ‘निवा’ शाक्यहरुको ईतिहास समेतेर नेपाल भाषामा लेखेको “ख्यपया ‘निवा’ शाक्यतयेगु इतिहास” नामक पुस्तक आज बिमोेचन गरेको छ । भक्तपुरको चारसय बर्ष अघिको इतिहास समेटिएको पुस्तक प्राध्यपक सूवर्ण शाक्यले बिमोचन गर्नुभएको हो । विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रा. सूर्वण शाक्यले काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेका निावा शाक्यहरुको इतिहासका बारेमा बोल्दै यो पुस्तकले  निवा शाक्यहरुको बारेमा धेरै जानरीदिने पनि बताउनु भयो । पुस्तक भक्तपुरको खौमा निवासी आरती गुठी निवा संघका नायो (अध्यक्ष) संघरत्न शाक्यले लेख्नु भएको हो । 

पुस्तकमा भक्तपुरको चारसय बर्षहघिको इतिहास रहेको लेखक शाक्यले जानकारी दिनु भयो । उहाँले सो पुस्तकमा भक्तपुरको बिश्व प्रसिद्ध लुंःध्वाका, (स्वर्णद्धार) ङाताःपोल्हँको गजुर लगायत बिभिन्न मुर्तिहरुको निर्माणमा भक्तपुरका निवा शाक्यहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको विषयमा बिभिन्न प्रमाणको आधार पुस्तकमा समेटिएको लेखक शाक्यले बताउनु भयो ।

किताबमा शाक्य समुदायमा निवा शाक्य छ भने धेरैलाई थाहा नभएको हुनाले जानकारीको लागि यो किताव निकालेको लेखकका छोरा शाक्यन शाक्यले बताउनु भयो । वास्तवमा निवा भनेको शब्द के हो ? कस्तो ब्यक्तिलाई प्रयोग गरिन्छ ? उहाँले कहाँबाट आएको हो ? निवाहरुसँग भएको कला कौशल कस्तो हो ? भने बारे जान चाहनेहरुको लागि यो कितावले धेरै सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा अतिथिहरु त्रिरत्न शाक्य, प्रा.सिद्धिरत्न शाक्य, साहित्यकार तिलक प्रकाश कायस्थ, वौद्ध विद्वान रत्नसुन्दर शाक्यलगायतले पुस्तकबारे चर्चा गरेको थिए ।अतिथिहरुले पुस्तकले भक्तपुरमा रहेका लुकेका इतिहास उजागर गर्न र राजामहाराजाहरुको (सिलान्यस गर्ने र उद्घाटन गर्ने)हरुको मात्र नभइ बास्तविक कामदारहरुको समेत इतिहासबारे बुझ्न सघाउ पुर्याउने भन्दै सो पुस्तक महत्वपूर्ण रहेको चर्चा गरेका थिए ।

आरती गुठी निवा संघले प्रकाशन गरेको सो पुस्तकमा मल्लकालीन राजा विश्वमल्लदेखि रणजीत मल्लसम्मको इतिहास समेटिएको गुठीको छ।