add

छत्रपाटी चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ कार्तिक १३, शनिबार वर्गीकृत राष्ट्रिय

छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक प्याथोलोजी ल्याबको सुविधा थप गरेको छ । 

शनिबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेश सभाका सभासद वसन्त मानन्धरले उक्त ल्याबको समुद्घाटन गर्नुभएको छ। बिरामीहरुको उच्चतम सुविधालाई र उचित स्वास्थ उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ ल्याबले सो सुविधा थप गरेको हो ।

यस प्याथोलोजी ल्याबले अब बिरामीहरुको रिपोर्ट मोबाइलमा पाउने सुविधा पनि थप भएको छ । बागमती प्रदेश सभाका सभासद मानन्धरको प्रदेश पूर्वाधार विकास कार्यक्रमको कोषबाट प्राप्त ५० लाख सहयोगबाट अत्याधुनिक ल्याबको सुविधा थप गरेको हो ।

चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताउनुभयो । निम्न आय भएका नागरिकहरुका लागि स्वास्थ्य क्षेत्रमा राज्यबाट सञ्चालित मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम चिकित्सालयबाट पनि सञ्चालन गर्न इच्छुक भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।