पूर्वप्रधानमन्त्री ओलीद्धारा काष्ठमण्डप अवलोकन

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर ४, शनिबार वर्गीकृत राष्ट्रिय

पुननिर्माणको अन्तिम चरणमा पुगेको काष्ठमण्डपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार अवलोकन गरेका छन।

धर्मपत्नी राधिका शाक्यसँग काष्ठमण्डप अवलोकनको लागि पुगेका ओली पुननिर्माणबारे पुननिर्माण समितिका अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य राजेश शाक्यसँग जानकारी लिएका थिए।

पूर्व प्रम ओलीले अवलोकनपछि काष्ठमण्डप पुननिर्माणबारे सम्बोधन समेत गरेका थिए। विसं. २०७२ साल बैशाख १२ गते आएको महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डपको तीन वर्षपछि पूर्नरनिर्माण संपन्न भएको हो।

कुनैपनि विदेशी सहयोग र विदेशी सामाग्री प्रयोग नगरिकन स्वदेशकै श्रम, सीप र काठमाडौं महानगरपालिकाको सहयोगवाट महाभूकम्पवाट ध्वंस्त बनेको काष्ठमण्डप पूर्नरनिर्माण भएर पुरानै शैलीमा ठडिएकोमा अत्यन्त खुशी लागेको वताउंदै पूर्वप्रधानमन्त्री ओलीले काष्ठमण्डप पूर्नरनिर्माणमा अहोरात्र खट्ने काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक राजेश शाक्य लगायत सवैलाई धन्यवाद दिने कार्य पनि भएको छ।