add

पत्रकार दबूद्वारा पत्रकारिता पुरस्कार प्रदान

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ मङ्सिर १९, आइतबार वर्गीकृत राष्ट्रिय

पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील चार  जना जना पत्रकारहरुलाई विभिन्न पुरस्कार दिइएको छ ।

नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार ललितपुरमा सप्तपुर महाविहार चिकंबहीमा सम्पन्न नवौं ं वार्षिक साधारण सभा एवं कार्यकारिणी सभाको अवसरमा सो पुरस्कार वितरण गरिएको हो ।

ज्ञानज्योति – लक्ष्मीप्रभा पत्रकारिता पुरस्कार पोखरका पत्रकार उदयबहादुर अमात्यलाई प्रदान गरिएको थियो ।यो पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । 

त्यसैगरी ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिनुभएका समाजसेवी मोतिशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गर्नुभएको ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार नागरिक कान्तिपुर दैनिकमा कार्यरत पत्रकार प्रशान्त मालीलाई प्र्रदान गरियो । यस पुरस्कारको नगद राशि १५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गर्नुभएका आठ भिक्षु मध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गर्नुभएको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार बोधि टेलिभिजनका पत्रकार विमला शँक्यलाई प्रदान गरियो । यस पुरस्कारको नगद राशि १२ हजार रुपैयाँरहेको छ ।त्यसैगरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार वरिष्ठ फोटोपत्रकार पद्मसागर कक्षपतिलाई प्रदान गरियो । यस पुरस्कारको नगर राशि १० हजार रुपैयाँ रहेको छ ।

पुरस्कृत व्यक्तित्वहरुलाई पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले माल्यार्पण, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले दोसल्ला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नुृभयो । नगद पुरस्कार भने सम्बन्धित पुरस्कार दाताले प्रदान गरिएको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेपाल भाषाको पत्रकारिताको विकासको लागि, सञ्चारमाध्यम समावेशी बनाउने कार्यमा सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताउनुभयो । उहाँले समाजको विकासको लागि जनउत्तरदायी स्वस्थ पत्रकारिता हुुनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार नरेशवीर शाक्यले मातृभाषाको पत्रकारिताको विकास गर्न पहिलो नेपाल भाषा र मैथिली भाषामा आचारसंहिता प्रकाशन गरेको उल्लेख गर्र्दै धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारको रुपमा स्थापित गर्न अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवार पत्रकार दबूसंगै फोनिजले राज्यको ध्यानाकर्षण गराउँदै आएको बताउदै समावेशीले राष्ट्रिय एकता, सामाजिक सद्भावलाई बलियो बनाउने धारणा राख्नुभयो । नेपाली पत्रकारलाई सबभन्दा पहिले संगठित गर्ने अग्रज पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ, पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्दै उहाँले करिब १५ वर्षदेखि अभियान पछि नेपाल पत्रकार महासंघमा समावेशी बन्दै गएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बुले महासंघलाई समावेशी बनाउँदै समावेशी पत्रकारिताको विकासको लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले मातृभाषा पत्रकारिताको माध्यमबाट भाषाको संरक्षणको साथै परम्परा, संस्वृmति, सम्पदाको प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै मातृभाषा पत्रकारिताको विकासको लागि राज्यले विशेष प्याकेजकै घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यको सभापतित्वमा भएको सो सभामा वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनील महर्जन,सचिव के. के मानन्धर लगायतले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्ने र मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यको ध्यान जानुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो ।

सो अवसरमा पत्रकार दबुका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरु कुनै बिरामी, दुर्घटना वा कुनै समस्या उत्पन्न भए आर्थिक सहयोग दिनका लागि खडा गरिएको अक्षय कोषमा रकम बढाएर यस वर्ष ५० लाख पु¥याउने लक्ष्य राखेको बताउनुभयो ।