add

फोनिज काठमाडौं जिल्लामा शैलेस डंगोल सर्वसम्मत निर्वाचित

Swoniga Online – सुरेन्द्रभक्त श्रेष्ठ | २०७८ मङ्सिर २०, सोमबार वर्गीकृत राष्ट्रिय

आदीवासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदीवासी जनजाति पत्रकार महासंघ(फोनिज) जिल्ला शाखा काठमाडौंको छैठौं जिल्ला अधिवेशन सम्पन्न भइको छ । राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भइको छ ।

अधिवेशनले उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन गरेको छ । यस्तै सदस्यहरुमा सरु श्रेष्ठ, भीम लामा, सुजन पाख्रिन, गीतु छन्त्याल, तेज किराँती, आङ्गेलु शेर्पा, मिङ्मा लामा र नितु डंगोल सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले बागमती प्रदेश महाधिवेशनका लागि १७ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । राजेन्द्र मानन्धर, उदेन न्हुसाय्मी, प्रविन महर्जन, श्याम राई, हरिश लामा, दिक बहादुर श्रेष्ठ, नेम्गेल मोक्तान, पासाङ शेर्पा, सरु श्रेष्ठ, अरविन्द्र मान सिंह, रसिया श्रेष्ठ, दिव्य रत्न महर्जन, सृजना मगर, मीनु तामाङ, लक्ष्मी श्रेष्ठ, रेजिना श्रेष्ठ र मिङ्मा यस श्रेष्ठ चयन भएका हुन् ।

जिल्ला अधिवेशन बाटै संघिय महाधिवेशका लागि ११ जना प्रतिनिधि सर्वसम्मत चयन भएको छ । सुरेन्द्रभक्त श्रेष्ठ, अमिर लामा, मञ्जीत महर्जन, श्याम नापित, सम्पदा लिम्बु, नुनुता राई, निशा तामाङ, रत्न काजी महर्जन, यशोदा भुजेल, राम मगर र राज्यलक्ष्मी शाक्य संघिय महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी प्रमूख अतिथीको रुपमा रहेकी थिईन् । उनले आदिवासी जनजातिहरुको साझा मुद्धा र संरक्षण आदिवासी जनजाति पत्रकारहरुले गर्नुपर्ने बताईन् ।

यस्तै फोनिज संघिय कोषाध्यक्ष अमरध्वज लामाले आदीवासी जनजाति पत्रकारहरु आफ्नो व्यक्तित्व विकासमा लाग्नुपर्ने र व्यवसायिक पत्रकारितासँगै आदिवासीका सवालहरुमा केन्द्रित हुनुपर्ने बताए । अध्यक्ष मण्डलका संयोजक समेत रहेका फोनिज बागतीका ईन्चार्ज समीर बलामीले पछिल्लो समय फोनिज शाखाहरु निश्क्रिय रहेको भन्दै सक्रिय हुन निर्देशन दिए । फोनिजले फोनिजकर्मीलाई क्षमता विकाससँगै व्यवसायिक पत्रकारितामा जोड दिनुपर्ने बताए ।

फोनिजको मंसिर २५ गते सबै शाखाहरुको अधिवेशन हुँदैछ । यस्तै पौष २४ गते सातै प्रदेशको महाधिवेशन हुँदैछ । माघको ७ र ८ गते फोनिजको सातौं संघिय महाधिवेशन हुँदैछ ।