कीर्तिपुरनगरपालिकाले दाफा खलःहरूलाई हार्माेनियम वितरण

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ मङ्सिर २६, आइतबार वर्गीकृत स्थानीय-समाज

नेवाःको मौलिक बाजा दाफा संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले नगरका विभिन्न दाफा खलःहरूलाई  पनि हार्माेनियम वितरण गरेको छ । 

गत भदौ २४ गते विभिन्न १९ वटा दाफा खलःहरू हार्माेनियम वितरण गरेको थियो भने बाँकि दाफा खलःहरूलाई आज वितरण गरेको हो ।

कीर्तिपुर नगरपालिका वडा नं. २ भवन, देवढोकामा भएको एक कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालगायत वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, वडा नं. १० का अध्यक्ष अमन महर्जनले हार्माेनियम वितरण गर्नुभएको हो ।