परम्परागत बाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग
Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ मङ्सिर २६, आइतबार वर्गीकृत राष्ट्रिय
‘काठमाडौंका मौलिक एवम् परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग गरिएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिएको छ भने सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय विषयका रुपमा नेपालभाषाको पाठ््यक्रम ‘येँ देय् म्हसीके’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । महानगरबाट एक वडा एक नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयहरुमा कार्यक्रम सञ्चालन भएको छ ।’
काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट महानगरका करिब १२ हजार बरिष्ठ ज्येष्ठ नागरिक बार्षिक १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको र पूर्ण अपाङ्गहरुलाई मासिक ३ हजार रुपौयाँ उपलब्ध गराईदै आएको पनि जानकारी दिनुभयो । ‘आर्थिक बर्ष २०७५÷०७६ देखि ए डिभिजनका फुटबल क्लबलाई बार्षिक १० लाख रुपैयाँ, बी डिभिजनका फुटबल क्लबलाई ३ लाख रुपैयाँ र सी डिभिजनका फुटबल क्लबहरुलाई बार्षिक २ लाख प्रदान गरिँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘सहिदहरु (दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री), नेपाल सम्बत्का प्रवद्र्धक तथा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्ण कदको शालिक निर्माण गरिएको छ । तारादेवी स्मृति फाउन्डेसन, नातिकाजी स्मृति प्रतिष्ठान, प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानलाई २० लाखका दरले सहयोग प्रदान गरिएको छ ।’


