add

सामुदायिक संस्थाको क्षमता विकास गरेर गुणस्तरीय शिक्षा प्रवर्धन गर्न लगानी गरेका हौँ — प्रमुख शाक्य

Swoniga Online | २०७८ मङ्सिर २८, मंगलबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मदन भण्डारी कलेज भवनको शिलान्यास गर्नुभएको छ । आज महानगरको वडा १० देवीनगरमा कलेज परिसरमा नयाँ भवन निर्माणका लागि शिलान्यास भएको हो । त्यस अवसरमा प्रदेश सभा सदस्य दीपक निरौलासहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 

शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख शाक्यले, शैक्षिक गुणस्तर सुधारका लागि महानगरले लगानी बढाएको बताउनुभयो । महानगर आफैँले दायित्व निर्वाह गर्नु पर्ने, संघ र प्रदेश सरकारका शैक्षिक संस्था र सामुदायिक शैक्षिक संस्थाहरुलाई आवश्यकताका आधारमा सहयोग गरेका छौँ । प्रमुख शाक्यको भनाइ थियो ।

सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाकाअनुसार, चालुृ आर्थिक बर्षमा कार्यक्रम सकिने गरी महानगरले ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्नेछ । यसको पहिलो किस्ता प्रदान गरिसकिएको छ । बाँकी रकम कामको प्रगतिका आधारमा दिइनेछ ।

कलेजका अनुसार भवन निर्माणको लागत १० करोड रुपैयाँ हो । यो यसै बर्षको असार मसान्तभित्र निर्माण सम्पन्न हुनेछ ।