वागमती प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुने

Swoniga Online – Surendra Bhakta Shrestha | २०७८ मङ्सिर २८, मंगलबार वर्गीकृत राजनीति

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् ।

मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

आज मन्त्रिपरिषद विस्तार हुने नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्ने छन्।