कांग्रेसको महामन्त्रीमा गगन थापाको अग्रता

Swoniga Online | २०७८ पौष १, बिहिबार वर्गीकृत राष्ट्रिय

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहनु भएको छ । अहिले सम्म १५ सय मत गन्दा थापाले ९५५ मत प्राप्त गर्नु भएको छ।

त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ६६० र डा. प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४९, डा.मिनेन्द्र रिजाल २७५ र डा.राजाराम कार्कीको ४६ मत छ ।

अग्रता लिइरहेका थापा डा. शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्छ ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना चयन हुनेछन् । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।