नेप्से दोहोरो अंकले घट्यो
Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ पौष १, बिहिबार वर्गीकृत आर्थिक
शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।
आज दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ।
नेप्से परिसूचक आज दोहोरो अंकले घट्दा कारोबार रकम पनि घटेको छ।
बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २ अर्ब पनि पुग्न सकेन।
आज दिनभर भएको ३७ हजार २ सय ३६ कारोबारबाट २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच भएका छन्।
जसअनुसार कारोबार रकम २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा रोकिएको छ।