काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य सम्मानित

Swoniga Online | २०७८ पौष ५, सोमबार वर्गीकृत राष्ट्रिय

१८ औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य सम्मानित भएको छ । 

काठमाडौंको बसन्तुरमा आयोजित एक समारोहका विच शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका थिए । 

सो अवसरमा समाज विकासमा सहोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई ज्यापु रत्न, ज्यापु सरस्वती पदक, ज्यापु प्रतिभा सम्मान, ज्यापु विशेष सम्मान लागायत पदवीहरुले सम्मान गरिएको थियो । 

ज्यापु संस्कृतिको संरक्षण काठमाडौं महानगरले पुराएको योगदानको कदर गर्दै प्रमुख शाक्यलाई सम्मान गरिएको ज्यापू संस्कृति विकास कोषले जनाएको छ ।