जीम सेन्टरमा आगलागी हुँदा २ करोड क्षति

Swoniga Online | २०७८ पौष ५, सोमबार वर्गीकृत राष्ट्रिय

आज सोमवार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आज आगलागी हुँदा २ करोड रुपैयाँ बढीको क्षति भएको छ।

आज सोमवार दिउँसो ३ बजे आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी थियो। आगलागीको सूचना पाउना साथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करीब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो।

काठमाडौं, भक्तपुर र ललितपुर तिनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डिएसपी लामाले बताए ।