प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक

Swoniga Online | २०७८ पौष ६, मंगलबार वर्गीकृत राष्ट्रिय

प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ । उनीहरुलाई सुरक्षाकर्मीले भित्र जान रोकेका छन् र संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न भनेका छन्।

पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको छ।

यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो । तर मंगलबार भने पत्रकारलाई बाल्कोनी जान दिइएको छैन