एमालेको विरोधकै बीच प्रतिनिधिसभा बैठक सञ्चालन

Swoniga Online | २०७८ पौष ६, मंगलबार वर्गीकृत राष्ट्रिय

प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच मंगलबार प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ। बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले नाराबाजी जारी गरे पनि बैठक अगाडि बढाए । मंगलबारको बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ।

यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । तर उनको प्रस्ताव बहुमतले अस्वीकार भयो ।