add

थप एक जनामा नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

Swoniga Online | २०७८ पौष ७, बुधबार वर्गीकृत राष्ट्रिय

नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको थप एक जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध होम आइसोलेसनमा छन् । उनको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको उनले बताइन् । अब नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि हुनेको संख्या तीन पुगेको छ ।