महिला उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी सम्पन्न

Swoniga Online – स्वनिगः संवाददात | २०७८ पौष १४, बुधबार वर्गीकृत राष्ट्रिय

कीर्तिपुर नगरपालिका वडा नं.८ ध्वाकासी, पाँगामा पाँगा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं स्थापना दिवसको उपलक्ष्यमा उद्यमी सदस्यहरूद्वारा उत्पादित विभिन्न सामग्रीहरूको प्रदर्शनी तथा बिक्री मेला सम्पन्न भएको छ । पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले विभिन्न तालिमबाट प्राप्त सिपलाई कार्यन्वयन गर्ने सिलसिलामा विभिन्न वस्तुहरूको उत्पादन गरिरहेका छन् ।

उत्पादित सामाग्रीहरूको बजारीकरण तथा प्रवद्र्धन गर्नका लागि सो प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको थियो । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाले आयोेजना गरेको मेलाको उद्घाटन गर्नुहुँदै यस मेलाले महिला उद्यमीहरूको हौसला वृद्धि पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिला उद्यमीहरूद्वारा उत्पादित सामाग्रीहरूलाई प्रवद्र्धन गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अन्तर्गत सौगात गृह कोसेली घर स्थापना गर्दै महिला लक्षित उद्यमशीलता विकास तालिम, सीप विकास तालिम सञ्चालन उल्लेख गर्नुभयो ।

प्रदर्शनी तथा बिक्री मेला सञ्चालन गर्न सहयोग गर्ने सामुदायिक महिला मञ्च, लुमन्ति आवासको लागि सहयोग समूहलाई धन्यवाद् व्यक्त गर्नुभयो । कार्यक्रम पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाका सचिव चन्द्रमाया महर्जनले सञ्चालन गर्नुभएको थियो ।