Nepal Rastra Bank
maha

गंकी धुस्वां–बसुन्धरा पुरस्कार निलम कार्कीलाई धुस्वां साय्मि सिर्जना पुरस्कार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने

Swoniga Online – स्वनिगः संवाददात | २०७८ पौष १६, शुक्रबार वर्गीकृत राष्ट्रिय

 वि.सं. २०७८ सालको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ।त्यस्तै यस वर्षको धुस्वां साय्मि सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरेको छ।

गंकी धुंस्वां–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष डा. अरुण साय्मिको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपालभाषाका उपन्याससम्राट धुस्वां साय्मि र उहाँकी श्रीमति बसुन्धरा मानन्धरको नामबाट स्थापित उक्त पुरस्कार नेपालका विविध भाषाका उपन्यासकारहरूलाई प्रदान गरिने गरिन्छ।

साथै धुस्वां साय्मि सिर्जना पुरस्कार संगीत र कला क्षेत्रका श्रष्टाहरूलाई प्रदान गरिंदै आएको छ । दुवै पुरस्कारको राशी जनही रु ५०,०००÷– (पचास हजार मात्र) र ताम्रपत्र सहितको रहेको छ । दुवै पुरस्कारको लागि दुई वटा सिफारिस समिति गठन गरिएको थियो ।

गंकी धुस्वां बसुन्धरा पुरस्कारको लागि सात्यिकार विमल भौकाजीको संयोजकत्वमा कवि नवीन चित्रकार र कवयित्री प्रतिसरा साय्मि सदस्य रहेको समिति व धुस्वां साय्मि सिर्जना पुरस्कारको लागि वरिष्ठ कलाकार हरिप्रसाद वैद्य संयोजकत्वमा युवा कवि सुरेश किरण मानन्धर व कवयित्री प्रतिसरा साय्मि सदस्य रहनु भएको छनोटि समिति गठन गरिएको थियो।

प्रत्येक दुइ वर्षमा एकचोटी प्रदान गरिने दुवै पुरस्कारमध्ये गंकी धुस्वां–बसुन्धरा पुरस्कार नेपालभाषा, खस नेपाली र नेपालका विविध भाषाका उपन्यासकारहरूलाई पालै पालो प्रदान गरिंदै आएको छ । यस वर्ष सो पुरस्कार खस नेपाली विधामा दिइने भएको छ ।उक्त दुवै पुरस्कार यही आउँदो माघ १ गतेका दिन एक समारोहका वीच प्रदान गरिने कार्यक्रम रहेको छ।

Detail page ad