एमसीसी राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

Swoniga Online | २०७८ पौष १६, शुक्रबार वर्गीकृत राष्ट्रिय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे धेरै बोल्न नपर्ने बताएका छन्।

आठौं राष्ट्रिय महाधिवेशन प्रज्ञा भवनमा जारीे बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘एमसीसीबारे धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नु होला ।’ उनले भनेका छन्। प्रचण्डले परिमार्जनसहित राष्ट्रिय हित अनुकुल बनाएर पारित गर्ने भनेका थिए।

बन्दसत्रमा भएको छलफलमा अधिकांश सहभागीले एमसीसी खारेज गर्नुपर्ने मत राखेका थिए।