ज्यापु महागुथि येँ महानगर समितिको अध्यक्षमा पंचनारायण महर्जन

Swoniga Online | २०७८ पौष २६, सोमबार वर्गीकृत राष्ट्रिय

ज्यापु महागुथि नेपाः येँ महानगर समितिको एकीकृत अधिवेशन सम्पन्न  नयाँ नेतृत्वका लागि अध्यक्ष, उपाध्यक्ष २, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षका साथै १४ जना सदस्यहरुको लागि निर्वाचन गरिएकोमा दुई उपाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए भने अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि निर्वाचन गरिएको थियो ।

अध्यक्ष पदका लागि नरदेवीका न्हुछेकाजी महर्जन, गोफः त्वाःका पंचनारायण महर्जन र वतु त्वाःका सुरेन्द्र महर्जनको उम्मेदवारी परेको थियो । जसमा अध्यक्ष पदमा पंचनारायण महर्जन ३६० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी न्हुछेकाजी महर्जनले १७१ मत र सुरेन्द्र महर्जनले ८ मत प्राप्त गरेका थिए ।

यसैगरी सचिव पदमा किलाघः त्वाःका मचाराजा महर्जन ३२४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी शर्मिला सुवाल डंगोलले २०६ मत प्राप्त गरेका थिए । यस्तै कोषाध्यक्ष पदमा भिमसेनस्थानका जुजुकाजी महर्जनले ३६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राजु रत्न महर्जनले १२४ मत प्राप्त गरेका थिए ।

महागुथिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष कृष्ण नारायण महर्जन र उपाध्यक्ष (महिला), नानी हेरा महर्जन, सहसचिव रजिना डंगोल, सहकोषाध्यक्ष नानी हेरा डंगोल चयन भएका छन् ।

यसैगरी खुल्ला सदस्यमा श्याम कृष्ण प्रजापति, राजन महर्जन, श्रीकृष्ण महर्जन, कृष्ण महर्जन, मचाराजा महर्जन, श्याम महर्जन, कुलनारायण डंगोल, सूर्यमान महर्जन, दिनेश महर्जन चयन भएका छन् भने महिला सदस्यमा विद्यालक्ष्मी डंगोल, बिमला महर्जन (डंगोल), कमला महर्जन, सजनी महर्जन र सुनिता महर्जन डंगोल चयन भएका छन् ।