सदर चिडियाखाना अवलोकने मास्क अनिवार्य

Swoniga Online | २०७८ पौष २८, बुधबार वर्गीकृत राष्ट्रिय

सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने भएको छ।

अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन÷छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने छ ।   

आउँदा दिनमा कोरोना सङ्क्रमण बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गरिने भएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै यसअघि झैँ हरेक दिन बिहान १० देखि बेलुकी ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ।