थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि

Swoniga Online | २०७८ माघ २, आइतबार वर्गीकृत राष्ट्रिय

 नेपालमा आइतबार थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१२ हजार ५७३ पीसीआर परीक्षणका क्रममा ४ हजार ५३४ जना र २ हजार ५६९ एन्टिजेन परीक्षणका क्रममा ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५५ हजार २०६ पुगेको छ ।