कीर्तिपुर नगरपालिका वडा नं.३ मा कुसन र डल बनाउने तालिम सम्पन्न

Swoniga Online | २०७८ माघ ५, बुधबार वर्गीकृत राष्ट्रिय

कीर्तिपुर नगरपालिका वडा नं. ३ को आयोजनामा सञ्चालित महिला लक्षित कार्यक्रम अन्तर्गत कुसन, डल बनाउने तालिम समापन भएको छ ।

प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको समापन कार्यक्रममा सहभागीहरूलाई नगर प्रमुख महर्जन, उप–प्रमुख सरस्वती खड्का, वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, कार्यक्रमका सभापति तथा वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं. ३ का सदस्य ज्ञानप्रसाद महर्जन, कार्यक्रमका संयोजक तथा कार्यपालिका सदस्य नन्ददेवी महर्जनले प्रमाण पत्रका साथै आ–आफैंले बनाएको डल (टेडि बियर) प्रदान गरिएको थियो ।

३ नं. वडा भरिका ३० जना महिलाहरूको सहभागिता रहेको सो तालिम राजेश्वरी माली प्रमुख प्रशिक्षक तथा रामदेवी महर्जनले सह–प्रशिक्षकको रुपमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख महर्जनले नगरको विकास भौतिक संरचनाको विकासले मात्र विकास नभई समग्र जीवन सुखी भयो भने मात्र साँच्चैको विकास हुने बताउनुभयो।

नगर प्रमुख महर्जनले पहिला नगरपालिका एक निकाय जस्तो मात्र भएको तर हालको नगरपालिका सम्पूर्ण जिम्मेवार बोकेको भएर हरेक नागरिक प्रतिको दायित्व बोकेको नगरपालिका भएकोले प्रत्येक नागरिकलाई कुनै न कुनै सीप सिकाउनु नगरपालिकाकै दायित्व भएकोले पनि यो तालिम निकै महत्वपूर्ण रहेको बताउनु भयो ।

उप–प्रमुख खड्काले यस तालिमबाट सिकेका सीपलाई व्यवहारमा लागू गरी सफल उद्यमी बन्नु पर्नेमा जोड दिनुभयो । तालिम मात्र लिएर काम नगर्दा तालिमकुमारी हुने बताउनुहुँदै उप–प्रमुख खड्काले केही समस्या अप्ठ््यारो भए नगरपालिका वा वडा कार्यालयमा सम्पर्क गर्न पनि सुझाव दिनुभयो । गत पुस २६ गतेदेखि वडा नं. ३ हितिगाः स्थित भ्वय्छेँमा सञ्चालित सो तालिमको समापन कार्यक्रममा सहभागीहरूले आ–आफ्नो मन्तब्य दिनुभएको थियो भने कार्यक्रमका संयोजक नन्ददेवी महर्जनले स्वागत गर्नु भएको थियो । कार्यक्रम उर्मिला महर्जनले सञ्चालन गर्नुभएको थियो ।