मौसम खराब भएर आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस

Swoniga Online | २०७८ माघ ६, बिहिबार वर्गीकृत राष्ट्रिय

काठमाण्डौबाट नेपालगञ्जका लागी उडेको बुद्ध एअरको जहाज मौसम खराब हुँदा बिहान झण्डै आधा घण्टा जहाज आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस भएका छन् ।

बिहान काठमाण्डौबाट ८ बजे उडान भरेको बुद्ध एअरको जहाज ८ बजेर ५५ मिनेटसम्म अवतरण गर्नुपर्नेमा भिजिबिलिटी कम हुँदा ९ बजेर २५ मिनेटमा अवतरण भएको थियो ।

काठमाण्डौ महानगरपालिका वडा नम्वर–२३ की ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आत्तिएर बेहोस हुनुभएकी उहाँलाई तत्काल नेपाली सेनाको अस्पतालमा लगिएको थियो । अहिले थापाको आवस्था सामान्य छ ।