सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन संक्रमण पुष्टि

Swoniga Online – रेजिना श्रेष्ठ | २०७८ माघ ११, मंगलबार वर्गीकृत राष्ट्रिय

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो । अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ ।

कञ्चनपुरका दुई जना, बझाङ र डाेटिका एक/एक जनामा ओकिक्रोन पुष्टि भएको जानकारी दिए । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका ओझाले बताए ।