add

धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु

Swoniga Online | २०७८ माघ १३, बिहिबार वर्गीकृत राष्ट्रिय

धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

मृत्‍यु हुनेमा धरान नगरपालिका-१५का ७२ वर्षीय पुरूष  सुनसरीको धरान नगरपालिका-११ का ४५ वर्षीय पुरूष रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८: ४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७:४० बजे मृत्‍यु भएको हो ।

प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो