सुनको मूल्य प्रतितोला ९०० ले घटे

Swoniga Online | २०७८ माघ १३, बिहिबार वर्गीकृत आर्थिक

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर तोलाको ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै, आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।