add

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

Swoniga Online – स्वनिगः संवाददात | २०७८ माघ १३, बिहिबार वर्गीकृत राष्ट्रिय

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।

बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन् ।

‘यो नियमित भेटघाट नै हो, भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ’ उनले भने ।