ठमाडौं उपत्यकामा ३ हजार १ सय ४३ जना संक्रमित थपिए

Swoniga Online | २०७८ माघ १३, बिहिबार वर्गीकृत स्थानीय-समाज

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३  जना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८८५९, ललितपुरमा १०३९० र भक्तपुरमा ५६१४ सक्रिय संक्रमित छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।