add

२४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

Swoniga Online | २०७८ माघ १३, बिहिबार वर्गीकृत राष्ट्रिय

पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा ३९३, मोरङमा २८१, कैलालीमा १८४, सुनसरीमा १५८, रुपन्देहीमा १४३, चितवनमा १२७, धनुषामा ११५, झापा र बाँकेमा १०६/१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेपलाञ्चोकमा ६७, सप्तरी र क्चनपुरमा ६१/६१ जना, सिरहामा ५८, नुवाकोट र मकवारमा ५४/५४ जना, दाङमा ४१, पाल्पामा ४०, स्याङ्जामा ३९, नवलपरासी पुर्वमा ३५, तनहुँमा २९, गोरखा र बर्दियामा २४/२४ जना तथा गुम्लीमा २१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।