Nepal Rastra Bank
maha

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

Swoniga Online | २०७८ माघ १४, शुक्रबार वर्गीकृत आर्थिक

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ।

माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

यससँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको वर्खास्तिसँगै अवरुद्ध भएको आईपीओ निष्काशन प्रक्रिया सुरू भएको छ ।

कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो।

जसमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ।

बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

Detail page ad