add

पत्रकार महर्जनलाई जनसेवाश्री पदवी प्रदान

Swoniga Online – स्वनिगः संवाददाता | २०७९ बैशाख १, बिहिबार वर्गीकृत राष्ट्रिय

राष्ट्रपति विद्यादेवी भण्डारीले २० वर्षदेखि पत्रकारितामा क्रियाशील ललितपुरका पत्रकार सुनील महर्जनलाई जनसेवाश्री पदवी पञ्चमबाट विभूषित गर्नुभएको छ ।

विहीबार शीतल निवासमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति भण्डारीले महर्जनलाई सो पदवी प्रदान गर्नुभएको हो ।

गृह मन्त्रालयले राष्ट्रपति भण्डारीबाट विभिन्न विभूषण, अलङकार र पदक पाउन नामावली संविधान दिवसको अवसरमा गत असोज ३ गते आईतबार गोरखापत्रमा सार्वजनिक गरेको थियो।२०५९ सालमा महानगर दैनिकमा प्रशिक्षार्थी पत्रकार हुँदै महर्जनले २०६० साल श्रावणदेखि नेपाल समाचारपत्र दैनिक मार्फत पत्रकारिता शुरु गर्नुभएको थियो ]।

महर्जनले पत्रकारिता मार्फत बुद्धधर्मको विकास, मूर्त र अर्मूृत संस्कृति, सम्पदाको संरक्षण र ललितपुरका बृहत सरोकारको विषयमा योगदान पु¥याउँदै आउनुभएको छ ।

हाल नेपाल समाचारपत्र दैनिकमा सहायक सम्पादक समेत रहनुभएका महर्जनले निजामती प्रशासन, संघीयता, स्थानीय तह विषयमा निरन्तर रिपोटिङ गर्दै आउनुभएको छ ।

यसका अतिरिक्त महर्जन नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय महासचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय सदस्यको रुपमा समावेशी पत्रकारिता र मातृभाषाको पत्रकारिता विकासमा क्रियाशील हुनुहुनुहुन्छ ।बौद्ध युवा कमिटी ललितपुरका पूर्वअध्यक्ष समेत रहनुभएका महर्जन मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको महासचिव, बुद्ध विहार पुनःनिर्माण समितिको सहसचिव समेत रहनुभएको छ।

राष्ट्रिय युवा महासंघ नेपाल, ललितपुर मार्फत युवा परिचालन र नागरिक मैत्री प्रहरी प्रशासन निर्माणको अभियानमा पनि महर्जन सक्रिय रहँदै आउनुभएको छ ।