add

बालबिवाह रोकथाम अभियानलाई थाले सामाजिक अभियन्ता कल्पना महर्जन

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १४, बुधबार वर्गीकृत राष्ट्रिय

बिश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालबिवाह रोकथाम अभियानलाई थालेकी छिन् । कल्पनाले ललितपुर जिल्लाको दुर्गम गाउँं डुकुछापबाट अभियानको सुरुवात गरेकी छिन् ।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार अधिराज्यभर दनुवारहरुको सड.ख्या ८४ हजार एक सय १५ रहेका छन् । नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन् ।

कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् ।

कल्पना ती स्कुल र वस्तीमा पुगेर बालबाबिबाहका विषयमा जानकरी दिन पुगेकी हुन् । साथै उनले बालविबाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिंदै वालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन् । कल्पनाले सगरमाथा चढ्दा वि.सं. २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको बालबिवाह रोकथाम अभियान गर्ने सगरमाथाको चुचुरोबाट उद्धघोष गरेकी थिइन् ।

दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवम् बहु विवहाको प्रचलन छदैछ । गरिबी जनचेतनाको अभवा जस्ता बाध्यात्मक कारण बाहेक सामाजिक सञ्जाललगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृति विना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ ।

ललितपुर महानगरपालिका स्थापना भएको १०० औं दिन तथा वाडंमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको उपलक्षमा कल्पनाले सर्वोच्च शिखरबा नगरपालिको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फह¥याएका थिइन् ।

एक्स्पेरियन्स आउटडोर्स नेपालको ब्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा शिक्षाको माध्यबाट बालबिवाह रोकथाम अभियान २०१९ वि.सं. २०७५ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उदघोष गरेकी थिइन् । यो अभियान कीर्तिमानी सगरमथा आरोही कल्पनाले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छिन् ।

बिश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणीतर्फबाट (सन् २०७५ जेष्ठ ९ गते) उत्तरी मोहोडा (तिब्बततर्फबाट सन् २०७६ जेष्ठ ९ गते) का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको बिश्व कीर्तिमानी राख्न कल्पना सफल बनेकी हुन्।