add

आजबाट ललितपुर महानगरमा उम्मेदवारको घरदैलो अभियान शुरु

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १६, शुक्रबार वर्गीकृत राष्ट्रिय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयर , उमपेयर , वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार आजबाट घरदैलो अभियानमा  शुरु गरेका छन् । महानगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरु चुनावी घरदैलो शुरु गरेका हुन । अन्य दलले घरदैलौ कार्यक्रम शुरु नगर्दै एमालेका उम्मेद्धारले उल्लासका साथ घरदैलो शुरु गरेका हुन । 

‘सुर्यमा छाप झ्याप झ्याप’ भन्ने नारासहित आजबाट कार्यकर्ताको घरदैलोमा मत माग्न हिड्न थालेका छन् । एमाले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं ७ र ८ च्यासलबाट अभियान शुरु गरिएको मेयर पदका उम्मेदवार हरीकृष्ण व्यञ्जनकारले बताए । 

उनले भने – “यस पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्तित भइसक्यो । हाम्रो पार्टीका नेता विजय भएपश्चात यस स्थानको मुहारै फेरिदिने छौँ । भर्खरै मुलुकमा न्यूनिकरण हुँदै गइरेको कोरोना महामारीले थलिएका जनताको हितमा समेत विभिन्न काम गर्ने योजना एमालेको रहेको छ ।” कला र संस्कृतिले भरिपूर्ण सो महानगरपालिकामा विभिन्न सम्भावना खोजि गरी जनतालाई रोजगारी प्रदान गरिने लक्ष्य समेत आफूहरुले बोकेको उनको धारणा थियो । 

यसैगरी उप मेयर पदको उम्मेदवार मञ्जली शाक्य (आस्था)ले महानगरवासीको हक अधिकार सुचिनिश्त गर्न आफूले आसन्न निर्वाचनमा सहभागिता दाबी गरिन । उनले भनिन, “हाम्रो सरकार आएमा कसैले पनि भौकै र नाङ्गै हुनुपर्ने छैन । समाजमा शिक्षा, स्वास्थ्य, खानपान, रोजगार आदिको व्यवस्था अब एमालेको सरकारलेनै गर्ने छ ।” सो पटक महानगरवासीले एमालेनै चाहेको हुँदा आफूहरुले राम्रो मतपरिणामको अपेच्छा समेत गरिरहेको शाक्यले जनतालाई आस्वासन दिइन । 

सो घरदैलो अभियान आज च्यासलका घर तथा टोलबाट शुरु गरी थुप्रै महिला तथा युवा र केही ज्येष्ठ नागरिकको सहभागितामा अघि बढाइएको थियो । 

उक्त क्रममा सो वडाका जनताका साथै उम्मेदवारले बोकेको एमाले झण्डाका कारण टौलनै रमझम देखिएको थियो । 

भोट के मा ? सूर्यमा ! सूर्य कस्को ? जनताको ! भन्दै सो पार्टीका कार्यकर्ताहरु घरदैलो अभियानमा खुबै रमाइरहेका समेत देखिन्थे । उनीहरुले उम्मेदवार आउदा सगुन र फुल मालाले स्वागत गरेका थिए । उक्त कार्यक्रम कुनै जात्रा तथा पर्व वा चाड भन्दा कुनै कम्ती भने देखिएको थिएन । त्यसक्रममा अधिकांस स्थानीयले यो स्थानीय निर्वाचनले एमालेलाई सानदार रुपमा विजयी हासिल गराउने प्रतिवद्र्धता दर्साएका थिए । 

घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज शुशिला नेपाल, जिल्ला कमिटि सचिवालय सदस्य केशवराज आचार्य, वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र महर्जन र ८ का अध्यक्ष राजमान महर्जनको सहभागिता रहेको थियो । करिब ४ घण्टा सम्म चलेको घरदैलो अभियानमा उम्मेद्धारले मन्दीर दर्शन गरेका थिए । उनीहरुलाई वडाका टोल , समुह, गुठीका , ज्यापु समाजसंग आबद्ध व्यक्तिको उपस्थिति रहेको थियो ।