add

लहना मिडियालाई सिद्धिचरण पत्रकारिता पुरस्कार घोषणा

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १८, आइतबार वर्गीकृत राष्ट्रिय

यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार हास्यव्यंग्यको क्षेत्रमा क्रियाशील संस्था सिस्नुपानी नेपाललाई प्रदान गरिने भएको छ। शनिबार युगकवि सिद्धिचरण प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइलाको अध्यक्षतमा बसेको बैठकले गत तीन वर्षको सिद्धिचरण पत्रकारिता पुरस्कार पनि घोषणा गरेको छ।  

प्रतिष्ठनका सदस्य डा. फणिन्द्र निरौलाका अनुसार ओखलढुंगाका पत्रकार गजुरधन राई, भोजपुरका पारस नेपाल र काठमाडौमा रहेका लहना मिडियालाई सो सिद्धिचरण पत्रकारिता पुरस्कार घोषणा गरेको हो। युगकवि सिद्धिचरण श्रेष्ठको सम्पादन र प्रकाशनमा निजी क्षेत्रबाट पहिलो दैनिक पत्रिका ‘आवाज’ प्रकाशन भएको थियो।

नेपाली पत्रकारिता क्षेत्रका श्रेष्ठको योगदान रहेका कारण हरेक वर्ष प्रतिष्ठानले युगकविको नाममा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। २००७ फाल्गुण ८ गते निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो दैनिक पत्रिका ‘आवाज’ प्रकाशित भएको थियो।

युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको कविका सुपुत्र रविचरण श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार पुरस्कारको छनौट डा. मोहन लोहनीको संयोजकत्वमा कवि शैलेन्द्र साकार सदस्य रहेको समितिले गरेको थियो