add

कांग्रेसका प्रवक्ता महतले तालमेल सफल भएको दाबी

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख १८, आइतबार वर्गीकृत राष्ट्रिय

स्थानीय चुनावबारे नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तालमेल सफल भएको दाबी गरेका छन् । अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई स्वीकार गरेर कांग्रेस नेता कार्यकर्ताले स्वीकार गरेको बताए ।

कतिपय पालिकामा आफ्नो मतदाता धेरै भएकाले अरुलाई किन प्रमुख दिएको भन्ने भावना पनि रहेको बताए ।

समग्रमा ठीक भएको भन्दै उनले भने, ‘एकाध स्थानीय तहमा, जहाँ अझै विद्रोही उम्मेदवार हुनुहुन्छ । ती साथीहरुले पनि पार्टी र गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनु हुनेछ भन्ने विश्वास छ ।’