६४ प्रतिशत मतदान भएको आयोगको अनुमान

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ बैशाख ३०, शुक्रबार वर्गीकृत राष्ट्रिय

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको पत्रकार सम्मेलन मार्फत प्रमुख  निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनु भयो । देशभरका कुन कुन  ठाँउमा मतदान स्थगित  भयो भन्ने प्रश्नमा आयुक्तले १४ जिल्लाको ४४ स्थानमा स्थगित भएको जानकारी  गराउनु भयो

७० देखि ७५ प्रतिशत  मत खस्ने अनुमान गरेकोमा  देशभर ६४ प्रतिशत  मतदान  भएको  प्रारम्भिक अनुमान गरिएको  र धेरै मतदाता भएको ठाउँमा अपेक्षा विपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाले बताए ।