काभ्रेका पत्रकार रमा कर्णजितलाइ धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ १, आइतबार वर्गीकृत स्थानीय-समाज

नेवा: पत्रकार राष्ट्रिय दबू ललितपुर  शाखाले सातौं  मातृभाषा  पत्रकारिता  दिवसको अवसरमा यस वर्षको धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार काभ्रेका पत्रकार रमा कर्णजित (ताम्रकार) लाई १५ हजार  नगद सहित प्रदान गरिएको छ । 

धर्मादित्य धर्माचार्यको जम्मस्थल ललितपुरको चिकंबहिलमाआयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो। नेपालीभाषाको पत्रकारितासंगै आफ्नै सम्पादक र प्रकाशनको रुपमा नेपाल भाषाको मासिक पत्रिका दलुचा नियमित प्रकाशन गरी नेपाल भाषाको पत्रकारिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु्र्याउनु भएकोलाई मध्यनजर गरी सो पुरस्कार प्रदान गरिएको कोषाध्यक्ष सुनील बज्राचार्यले जानकारी दिनुभयो ।

नेवा: पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका अध्यक्ष  सागर महर्जनको सभापतित्वमा संचालित उक्त कार्यक्रममा नेवा: देय दबूको अध्यक्ष  पबित्र बज्राचार्य प्रमुख अतिथि रहनु  भएको  थियो ।