वर्ल्ड नेवा: अर्गनाइजेसन नेपा: च्याप्तरका सदस्य अनिता मानन्धरको निधन

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ १, आइतबार वर्गीकृत स्थानीय-समाज

वर्ल्ड  नेवा: अर्गनाइजेसन नेपाल च्यप्तरका सदस्य  सुश्री अनिता मानन्धरको आज दिउँसो २.३० बजे हरिसिद्दी स्थित  नेपाल क्यन्सर हस्पिटलमा ६५ बर्षको उमेरमा निधन  भएको छ  । 

वहाँलाई  २ दिन  अगाडि  सास  फेर्न कठिनाई  भएपछि  उक्त  हस्पिटल  लगिएको परिवारबाट जानकारी प्राप्त भएको  छ  ।

वहाँ  डा. सुमित्रा  मानन्धर गुरुङ   र डा.लोचन मानन्धरको बहिनी हुनुहुन्छ  भने कमलाछीमा रहेको पंचनारायण अषटनारापणका प्रोप्राइटर तिर्थनारायण मानन्धरका कान्छी  सुपुत्री हुनुहुन्छ  ।