बालेनको विजय जुलुस सुरु, सुमन सायमी पनि सहभागी

Swoniga Online | २०७९ जेठ १३, शुक्रबार वर्गीकृत राष्ट्रिय

काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय जुलुसमा धेरै भोट ल्याएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि सहभागी भएका छन् । राष्ट्रिय सभागृहबाट केहीबेरअघि जुलुस सुरु भएको हो ।

राष्ट्रिय सभागृहबाट सुरु भएको र्याली भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।

त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ ।र्‍यालीमा सहभागीको संख्या ठूलो हुन सक्ने भएकाले काठमाडौंको सवारी आवागमन प्रभावित बन्ने देखिन्छ ।