ललितपुरका उपमेयरलाई सत्यमोहनको सुझाव

Swoniga Online | २०७९ जेठ १५, आइतबार वर्गीकृत राष्ट्रिय

वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृति अध्ययन कार्यलाई प्राथमिकतामा दिन आग्रह गर्नुभएको छ । ललितपुर महानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि आईतबार आफूलाई भेट्न आएका मञ्जली शाक्य ९आस्था० लाई शुभकामना दिँदै उहाँले सो आग्रह गर्नुभएको हो । अहिले मूर्त र अमूर्त संस्कृति संरक्षणको बहस तत् संस्कृति निरन्तरताको लागि अक्षयकोष स्थापनामा मात्र सीमित भएको स्थितिमा अब महानगरपालिकाले संस्कृति संरक्षणको बहस संस्कृति सम्बन्धी अध्ययन गर्न युवापुस्तालाई प्रोत्साहित गर्नुपर्नेस्तर सम्म पु¥याउनुपर्ने संस्कृतिविद् जोशीको भनाई थियो। वरिष्ठ संस्कृतिविद् जोशीले भन्नुभयो ‘ अमूर्त संस्कृतिको संरक्षणको लागि सो को महत्व, त्यसमा निहित दर्शन, संस्कृति संस्कार र श्रृजनशीलतालाई बुझ्नुपर्दछ ।

अत विविध कोणबाट त्यसको अध्ययन र अनुसन्धान गर्ने कार्यलाई प्रँथमिकतामा राखियोस्।त्यस सम्बन्धी नीति, कार्यक्रमहरु ल्याइयोस् ।’ भाषा, संस्कृति र सम्पदा सभ्यताको ज्यान रहेको उल्लेख गर्दै जोशीले त्यसको संरक्षणमा महानगरपालिका खरो उत्रिनको लागि प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्न पनि जोड दिनुभयो । हरेक वर्ष ललितपुरमा सञ्चालन हुने कार्तिक नाचको मुख्य र आकर्षक रहेको नरसिंह नाच विश्वकै एउटा दुर्लभ वियोगान्त नाटक रहेको उल्लेख गर्दै त्यसबारे लेखिएको नाटकबारे जानकारी दिदै उहाँले भन्नुभयो ‘ विश्वमा अधिकाशं वियोगान्त नाटक ग्रीक साहित्यमा रहेको छ।कार्तिक नाच त्यस्तै वा सो भन्दा अनुपम र रहेको वियोगान्त नाटक हो ।त्यसको उचित प्रचारप्रसार गर्नुपर्दछ । 

सो अवसरमा उपमेयर शाक्यले ललितपुरको संस्कृति, सम्पदा संरक्षण र प्रर्वद्धन गर्न आफूले सशक्त र नतिजामुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।त्यसपछि उपमेयर शाक्यले ललितपुरका पूर्व मेयर बुद्धिराज बज्राचार्य, नेपालका अग्रणी वामपन्थी महिला नेतृ स्नेहलता श्रेष्ठसंग भेटघाट गर्नुभएको थियो । भेटमा पूर्वमेयर बज्राचार्यले आफ्नो अध्यक्षतामा रहेको ललितपुर विकासको लागि समाजले सम्पदा संरक्षणमा गर्दै आएको उल्लेख गर्दै अब अर्मूत संस्कृति संरक्षणमा लाग्ने बताउनुभयो। सम्पदा पुनःनिर्माणको आफ्नो अभियानमा उपमेयरको हैसियतले साथ र सहयोग दिन पनि उहाँले आग्रह गर्नुभयो। त्यस लगतै वामपन्थी महिला नेतृ स्नेहलता श्रेष्ठले जनताको हितलाई सधै सर्वोपरी ठानेर काम गर्न सल्लाह दिनुभयो।चुनाव जितेपछि आफूलाई भेट्न आएकोमा ९० वर्षीया नेतृ श्रेष्ठ निकै खुशी हुनुभएको थियो । उपमेयर शाक्यले निर्वाचन अघि उहाँहरु तीन जना सहित वामपन्थी नेता सिद्धिलाल सिंहको आशिर्वाद लिएर उम्मेदवारको मनोनयन दर्ता गर्नुभएको थियो।नेता सिहंलाई सोमबार भेट्न जाने बताइएको छ ।