कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ जेठ २५, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराउनुभएको छ । आज राष्ट्रिय सभा गृहमा उहाँले शपथ गराउनुभएको हो ।

त्यस अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््यालसँगै राजनीतिक दलका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । 

शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । 

कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित हुनुभएको छ । जेठ २४ गते राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो । 

नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ । 

यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित हुनुभएको छ ।