add

टिकारामलाई फोनिज युके पत्रकारिता सम्मान

Swoniga Online – Surendra Bhakta Shrestha | २०७९ आषाढ २५, शनिबार वर्गीकृत राष्ट्रिय

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार दुईजना फोनिजकर्मी पत्रकारले पाएका छन् । 

फोनिज युके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज युके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा सम्मानित र पुरस्कृत भएका हुन् । 

काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थाप मगरले दुवैजनालाई सम्मान र पुरस्कार प्रदान गरे । 

सम्मान र पुरस्कारको राशी जनही २५ हजार रहेको छ । फोनिज युकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउदै आएका पत्रकारहरुलाई हरेक बर्ष सम्मानित र पुरस्कृत गर्दै आएको छ । 

पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी आयोगका अध्यक्ष राम बहादुर थापा मगरले आदिवासी जनजातिहरुको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताए । 

विभिन्न समयमा भएको आदिवासी जनजाति आन्दोलनको उपलब्धी रक्षाका लागि अझै पनि संघर्ष गर्न आवश्यक रहेको बताए । 

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले यस्ता पुरस्कारहरुले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताए । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजनामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो।