add

बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

Swoniga Online – आकाश राजोपाध्याय | २०७९ माघ २, सोमबार वर्गीकृत खेलकुद

 बार्सिलोनाले स्पेनिस सुपर कप २०२३को उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा रियल म्याड्रिडलाई ३–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

साउदी अरबको रियाद स्थित किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभिले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनलाई रोबर्ट लेवान्डोस्कीले पास उपलब्ध गराएको थियो ।

लेवान्डोस्कीले गाभिकै पासमा ४५ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

६९ औं मिनेटमा गाभीकै पासमा पेड्रीले गोलपछि बार्सिलोना ३–० ले अघि रह्यो ।

दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा करिम बेन्जेमाले रियलका लागि गोल गरे पनि बार्सिलोना ३–१ले अघि रहन्दै उपाधि आफ्नो पोल्टामा पारे ।

सन् २०१८ पछि बार्सिलोनाले सुपर कपको उपाधि पहिलो पटक उचालेको हो ।